नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ७०० रहेकोमा बुधबार रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य १० रुपैयाँ बढ्दै एक हजार ३६० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।