मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका- ६ बौद्ध डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-३ घर भएका ४९ वर्षीय रमेश लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका-३ तिनपिप्ले किसनडोलस्थित खोल्सामा सोही नगरपालिका-६ धर्मस्थली बस्ने ९० वर्षीया डिल्ली पुतुवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यता गोरखा, सिरानचोक गाउँपालिका-६ महटारस्थित दरौदी नदीको बीच भागमा सोही गाउँपालिका-६ गैरीगाउँ बस्ने अन्दाजी ४० वर्षीया मानु गुरुङ बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।



त्यस्तै सुनसरी, इनरुवा नगरपालिका-९ इँट्टा उद्योग नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-४ अईरी गाउँ बस्ने ७९ वर्षीय खड्ग बहादुर खत्री आफ्नै घरभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजलेस्थित मसाने खोलाको भिरको गोरेटो बाटोबाट दोलखा शैलुङश्वरी गाउँपालिका-३ मागादेउराली बस्ने ७६ वर्षीय रत्न बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी धनकुटा, महालक्ष्मी नगरपालिका-५ माझ्री गाउँ बस्ने २४ वर्षीय अनिष माझ्री सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै चितवन, राप्ती नगरपालिका-९ बुकखोलास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार