विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको छ । आइतबार एडिडास कम्पनीले विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

‘अल हिल्म’ नाम रहेको उक्त बल अरेबिक शब्दबाट राखिएको हो, जसको अर्थ ‘सपना’ भन्ने हुन्छ । यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो । नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ ।



कतार जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को प्रवेश गरेका छन् । सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन् ।

सम्बन्धित समाचार