श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । आफ्नै श्रीमान ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार