
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । बाँके, खजुरा गाउँपालिका-७ जेठीनालामा सोही गाउँपालिका-६ सिमलघारी बस्ने ६७ वर्षीया प्रतिमा घर्ती शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै काठमाडौं महानगरपालिका-८ पशुपति मन्दिर घाट नजिकै सडकमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रोल्पा, लुङ्ग्री गाउँपालिका-२ जुतुङ बस्ने ७० वर्षीया अति घर्ति सोही नगरपालिका- २ ओरङ्गेगैरामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । आफ्नो घरबाट माईत लुङ्ग्री गाउँपालिका-३ सिमिगिठामा विवाह भोज खाएर गत आइतबार माईती देखि घरको लागि हिँडेकोमा हालसम्म घरमा नआएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

