नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५०० रहेकोमा शुक्रबार रु रु ९९ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रहेकामा शुक्रबार प्रतितोला रु ९९ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ३८० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।