मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बैतडी, सुर्नया गाउँपालिका-२ ग्वानी घर भई हाल पाटन नगरपालिका-६ स्थित कृष्ण माध्यामिक विद्यालय पाटनमा कार्यरत क्षिक्षक ५५ वर्षीय धन बहादुर बिष्ट सोही ठाउँस्थित पाटन बहुमुखी क्याम्पसको छात्रबास पछाडी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ बस्ने ३६ वर्षीय प्रकाश गिरी सोही ठाउँस्थित झुप्रा खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने ३४ वर्षीय श्यामकृष्ण तामाङ सोही ठाउँस्थित भ्याली भ्यू रिसोटमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रौतहट, माधव नारायण नगरपालिका-८ पिपरारज्वाडा बस्ने जयकिशोर प्रसाद कुश्वाहाको छोरा ९ वर्षीय आश नारायण प्रसाद कुश्वाहा सोही ठाउँस्थित बागमती नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २५ गते दिउँसो घरबाट निस्की हिँडेकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारामा उनको शव फेला परेको हो ।

यता बझाङ, जयपृथ्वी नगरपालिका-७ खौलास्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार