
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । धादिङ, निलकण्ठ नगरपालिका-२ इजरास्थित नानिराम रेग्मीको घरमा विगत १ वर्षदेखि काम गरी बस्दै आएका सोही ठाउँस्थित साँखु पानधारे बस्ने ३७ वर्षीय कमले सार्की सोही घरमा सुतिरहेको अवस्थामा मंगलबार मृत फेला परेका छन् ।
त्यस्तै प्यूठान, प्यूठान नगरपालिका-१ फुलघाटस्थित सोही नगरपालिका-१ र माण्डवी गाउँपालिका-३ जोड्ने झोलुङ्गे पुल मुनि माडी खोलामा प्यूठान नगरपालिका-२ रिवाना बस्ने ४६ वर्षीया उमा देवी रोका मगर मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै दोलखा, मेलुङ गाउँपालिका-२ ठुलीबेसीस्थित तामाकोसी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

