मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१९ बर्वा टोलस्थित बाटोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङ, ग्रामथान गाउँपालिका-३ मंगोलहटियामा हाल वतन नखुलेका ३१ वर्षीय मनोज धामी बुधबार मृत अवस्थामा फेला परेका छन् ।यता इलाम, इलाम नगरपालिका-१० गोदक बस्ने ६६ वर्षीय हर्क बहादुर भट्टराई आफ्नै आँगन छेउको बाटोमा बुधवार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र ९ को सिमानामा रहेको कुलोको पानीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी बागलुङ, बागलुङ नगरपालिका-६ भिरलाङ्खुरी बस्ने ८५ वर्षीया तुली सर्किनी सोही ठाउँस्थित धैरेनी सामुदायिक वनको बाटो छेउमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

आइतबरदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त बाटोमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार