काठमाडौंमा बढ्यो चिसो

काठमाडौं उपत्यकामा चिसो बढेको छ । आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम मानिएको छ । शनिबार भने न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौं उपत्यकामा आज बिहान अन्य दिनको तुलनामा बढी चिसो महुसस भएको थियो । मौसमविदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ ।



अहिले नेपालमा नयाँ मौसमी प्रणाली भने छैन, यद्यपि हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बदली हुने सम्भावना रहेको विभागको पूर्व अनुमान छ ।

सम्बन्धित समाचार