नक्कली नोट सहित पक्राउ

काठमाडौँबाट नक्कली नेपाली नोट सहित एक जना पक्राउ परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तर रहेका छन् । काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाइ सद्दे सरह चल्तीमा ल्याइ कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।



उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार