सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बाँके, खजुरा गाउँपालिका-३ स्थित सडकमा साइकलबाट लडेर हला नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै धनुषा, शहिदनगर नगरपालिका-६ हठिपुरस्थित सडकमा प्रदेश २-००६ प १८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउको पिलरमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका-८ हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार