आज टोपी दिवश

नेपालभित्र मात्र होइन, संसारभरि छरिएर रहेका नेपालीहरू आजको दिनलाई अर्थात् इस्वी सम्बत्को पहिलो दिनलाई टोपी दिवशका रूपमा मनाउने गर्दछन् । यसरी जनवरी १ तारिखलाई टोपी दिवशका रूपमा मनाउन थालेको पनि १० वर्ष भइसकेको छ । आजको दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवशका रूपमा मनाउन फेसबुक पेजमार्फत् जनवरी १, २०१४ का दिन आव्हान गरिएको थियो ।

विश्वले जनवरी १ लाई इस्वी सम्बतको नयाँ वर्ष मनाइरहँदा नेपालभित्र रहेका वा कामको सिलसिलामा विश्वको कुनै कुनामा पुगेका नेपालीहरू भने आज टोपी लगाएको फोटो फेसबुकमा सेयर गरी टोपी दिवशमा सरिक ह्ने गर्दछन् र यो क्रम बढ्दो अवस्थामा छ । पुरुष पात्र मात्र होइन, नारी पात्रहरूसमेत टोपी लगाएर फोटो खिची फेसबुकमा सेयर गर्न रूचाउँछन् ।



टोपी नेपालीहरूको राष्ट्रिय पहिचान हो, नेपाली स्वाभिमानको प्रतीक हो । यो अभियानका अभियन्ताले जे सोचेर यसको आरम्भ गरेको भए पनि संसारभरि नेपालीपन चिनाउन वा नेपालीको स्वाभिमान प्रबद्र्धन गर्न यसले मद्दत पुगेको छ । नेपालभित्रै टोपी लगाउने परम्परा घटेतै जान थालेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा नै नेपालीको गौरवका रूपमा टोपीलाई चिनाउने कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नेपर्छ ।
सबैमा टोपी दिवशको शुभकामना !

सम्बन्धित समाचार