एक व्यक्तिद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । आज (मंगलबार) दिउँसो ३ बजेतिर उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनलाई उद्दार गरी उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।



संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै आचार्यले आत्मदाहको प्रयास गरेका हुन् ।

सम्बन्धित समाचार