संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आज (बुधबार) बिहान ३७ वर्षीय आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएको थियो ।



आचार्यले मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।

सम्बन्धित समाचार