नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
राष्ट्रिय वाणिज्य बैंक लि.को आव २०७९-०८० अर्ध वार्षिक प्रगति विवरणको दुई दिवशीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ ।
धुलिखेलस्थित एक होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरीे समुद्घाटन गरेको गोष्ठीमा नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सहजीकरण ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले गरेका थिए ।
गोष्ठीमा बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रमुखहरू, २३ वटा विभागका प्रमुखहरू, बैंकका उप कार्यकारी अधिकृतहरू एवम नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।