पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आइतबार ७९ वर्षको उमेरमा निधन भएको छ । मुशर्रफ लामो समयदेखि एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनको दुबईको अस्पतालमा उपचार भइरहेको थियो । परवेज मुशर्रफ २० जुन २००१ देखि १८ अगस्त २००८ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए ।

मे २०१६ मा, देशद्रोहको आरोपको सामना गरिरहेका परवेज मुशर्रफलाई पाकिस्तानी अदालतले फरार घोषित गरेको थियो । त्यसपछि उनी दुबई भागेका थिए ।



लामो समयदेखि एमाइलोइडोसिस रोगबाट पीडित थिए
मुसर्रफ केही महिनादेखि अस्पतालमा भर्ना भएका थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी एमाइलोइडोसिस नामक रोगबाट ग्रसित भएकाले उनका सबै अंगले काम गर्न छाडेको बताएका थिए । एमाइलोइडोसिसमा, मानव शरीरमा एमाइलोइड नामक असामान्य प्रोटिन बन्न थाल्छ । यो मुटु, मिर्गौला, कलेजो, स्नायु प्रणाली, मस्तिष्क आदि अंगहरूमा जम्मा हुन थाल्छ, जसका कारण यी अंगका तन्तुहरूले राम्रोसँग काम गर्न सक्दैनन्।

मुशर्रफले १९६५ मा भारतसँग युद्ध लडे, कारगिल षड्यन्त्र रचे
कलेज पढेपछि २१ वर्षको उमेरमा परवेज मुशर्रफ पाकिस्तानी सेनामा जुनियर अफिसरको रूपमा भर्ना भए । उनले १९६५ को युद्धमा भारतविरुद्ध लडेका थिए । यो युद्धमा पाकिस्तान हार्यो । यसका बावजुद मुशर्रफलाई बहादुरीका साथ लड्दा पाकिस्तान सरकारले पदक दिएको थियो ।

मुशर्रफले सन् १९७१ को युद्धमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यो देखेर सरकारले उनलाई पटकपटक बढुवा गरेको थियो । परवेज मुशर्रफ सन् १९९८ मा जनरल बनेका थिए । उनले भारतविरुद्ध कारगिल षड्यन्त्र रचे । तर नत्यो असफल भयो । आफ्नो जीवनी ‘इन द लाइन अफ फायर – ए मेमोयर’ मा जनरल मुशर्रफले कारगिल कब्जा गर्ने वाचा गरेको लेखेका छन् । तर नवाज सरिफका कारण उनले त्यसो गर्न सकेनन् ।

जुन नवाज शरिफले सेनाध्यक्ष बनाए, उनले नै सत्ताबाट निकालिदिए
सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका थिए । तर एक वर्षपछि १९९९ मा जनरल मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरे र पाकिस्तानको तानाशाह बने। नवाज सरिफले सत्ता सम्हाल्नेबित्तिकै परिवारसहित पाकिस्तान छोड्नुपरेको थियो ।

सत्तामा रहँदा जनरल मुशर्रफले बलुचिस्तानमा स्वतन्त्रताको माग गर्नेहरूलाई दुर्व्यवहार गरे। सयौं मानिस मारिए । यही कारणले सत्तामा आएपछि बलुच महिलाले जनरल मुशर्रफलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न अमेरिकासँग माग गरेका थिए ।

दैनिक भास्करबाट अनुबाद गरिएको

 

सम्बन्धित समाचार