मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । इलाम, देउमाई नगरपालिका-८ जितपुरे बस्ने ३५ वर्षीया कमला तामाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायक पाईपलाईनस्थित टहरामा डेरा गरी बस्ने नुवाकोट मदनपुर गाउँपालिका-५ घर भएका ४० वर्षीय नारायण लामिछाने आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-११ भेडावारीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला गरेका छन् ।



यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ घ्याम्पे बस्ने ८० वर्षीया राम कुमारी माईली श्रेष्ठ सोही उपमहानगरपालिका-१७ देराली डाडाको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोक डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-७ घर भएका ३३ वर्षीय सुमन अर्याल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता दाङ, राजपुर गाउँपालिका-६ गंगरुस्थित राप्ती नदीमा सोही ठाउँ बस्ने ६५ वर्षीय सरदारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै म्याग्दी, अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बस्ने ७७ वर्षीया सागुनी थजाली सोही ठाउँस्थित मिस्ट्रीखोला हाईड्रो पावर नजिकै रहेको खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ स्थित पुरानो स्वास्थ चौकीको भवनको कोठामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा नहर चोकमा हाल नाम, थर, वतन नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पर्सा, जगरनाथपुर गाउँपालिका-६ प्रसौनीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार