मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धादिङ, धुनिबेशी नगरपालिका-९ खत्रीपौवस्थित सुरुङमार्गमा लेवर काम गर्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ का ४५ वर्षीय मानलाल तामाङ आफु सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित लाङटाङ खोलास्थित तातोपानीको पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-१७ मझुवा वनस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं महानगरपालिका-९ सिनामंगल स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन साप्रेढुङ्गा डेरा गरी बस्ने ३४ वर्षीय बिजय खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ बेल्डाँगी बस्ने २८ वर्षीया कन्चना सेन्चुरी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता चितवन, भरतपुर महानगरपालिका-१६ ब्रहमपुर चौधघरे घर भएकी ४५ वर्षीया चित्र माया कुँवर सोही ठाउँस्थित फुर्तिचोकस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार