मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने , बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।



त्यस्तै मन्त्री शर्माले सिंहदरबारमा मंगलबार बसेको मन्त्रालयस्तरीय बैठकले सबै मन्त्रालयका कार्ययोजनालाई आगामी बजेटको केन्द्रबिन्दुमा राखेर अघि बढ्ने कुरातर्फ प्रधानमन्त्रीले निर्देशन दिएको पनि बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय

बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय

भारतमा आयोजना हुने नेपाल—भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय

२०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणको लागि रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई भ्रमणमा जान स्वीकृति दिने निर्णय

सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फस्र्ट फेस टु फेस मिटिङमा सहभागी हुन स्वीकृति दिने निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत सरूवा गर्ने निर्णय

न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशेष श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने निर्णय

बढुवा समितिकै सिफारिस बमोजिम विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न सेवा समूह, उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टीसी एसिया एन्ड दि प्यासिफिक एनएलओ वर्कसप’ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने निर्णय

फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्याण्डको बैंककमा हुने क्षयरोग, एचआईभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय

सम्बन्धित समाचार