नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ । हिजो (बुधबार) बसेको बढुवा समितिको बैठकको निर्णय ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
सशस्त्र प्रहरी, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) अनुसार उनीहरूलाई बढुवा समितिको माघ २५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस हुनेहरूमा एसएसपी सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।
यस्तो छ सूची :