स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ हुनेमा विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रंजित कुमार साह रहेका छन् । सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार