मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-६ इलाडाँडास्थित भिरमा ताप्लेजुङ ओलाङचुङगोला सडक-खण्ड निर्माण आयोजनाको साइड सुपरभाइजर काठमाडौं दक्षिणकाली नगरपालिका बस्ने २८ वर्षीय नवराज शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१० बुधौरास्थित बाटोमा सोही उपमहानगरपालिका-७ सौडियार बस्ने ५२ वर्षीय धनिराम चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् । यता डडेलधुरा, भागेश्वर गाउँपालिका-४ धिमला घर भई हाल अमरगढी नगरपालिका-५ बागबजार डेरा गरी बस्ने ४२ वर्षीय गोपाल साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै ललितपुर, महांकाल गाउँपालिका-५ नमनडाँडा बस्ने ३२ वर्षीय राज कुमार गोले सोही ठाउँस्थित गहुँ बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहचलस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार