पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा समेत महसुस गरिएको थियो ।



यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

सम्बन्धित समाचार