उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाहीलगायतका विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा भने कुनै छलफल नभएको बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताए ।



‘अहिलेसम्म सरकारले गरेका कामका बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो । राष्ट्रपतिको उम्मेदवारबारे पुस १० गते भएको सहमति छँदै छ । आज कुनै छलफल भएन ’ लिङ्देनले भने ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिता थियो भने जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी भएका थिएनन् ।

सम्बन्धित समाचार