नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ डेरा गरी बस्ने मकबानपुर घर भएका २२ वर्षीय सुरेश लामा सोही ठाउँस्थित सडकको छेउमा विद्युतको पोल गाड्न खनिएको खाल्डोभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दोलखा, कालिन्चोक गाउँपालिका-६ तल्लोटोल बस्ने ५१ वर्षीय लिला बहादुर सुनुवार सोही ठाउँस्थित ठुलोखोला ओखलढुंगे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी बाँके, डुडुवा गाउँपालिका-२ अमृतपुरुवा बस्ने जिवन कुमार कुर्मीको घरमा विगत २ वर्षदेखि बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन ।
यसैगरी बाँके, जानकी गाउँपालिका-५ गुरुवा गाउँ बस्ने ४२ वर्षीय देसराज कुर्मि सोही गाउँपालिका रामगाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-४ बस्ने ३९ वर्षीय छत्र बहादुर थापा बिहीबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन शान्तीटोल डेरा गरी बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय होम बहादुर गरुङ आफ्नै कोठामा सुतेकै अवस्थामा बिहीबार मृत फेला परेका छन् । उता गोरखा, भिमसेन थापा गाउँपालिका-१ मसेल बस्ने ४९ वर्षीय सुक बहादुर सार्की आफ्नो घरको पिढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।

