प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार) संघीय संसद् भवनस्थित नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले माघ २४ गते निधन भएका नेपाली कांग्रेसका नेता कर्मा घलेको शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कार्यसूची

सम्बन्धित समाचार