नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-३ स्थित खेमनालामा सोही ठाउँ बस्ने ३० वर्षीय देव सिंह राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-५ रामबाग बस्ने ४५ वर्षीया अनिता नेपाली कुमाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता संखुवासभा, चैनपुर नगरपालिका-११ किङरिङ बस्ने ५६ वर्षीय जित बहादुर जिमी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै खोटाङ, रावाबेशी गाउँपालिका-३ रबुवा दोभानस्थित दुधकोशी नदीको किनारमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ बस्ने ३७ वर्षीय जित बहादुर माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता काभ्रे, बनेपा नगरपालिका-५ वपी बस्ने ५२ वर्षीया पबित्रा श्रेष्ठ खड्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी भोजपुर, भोजपुर नगरपालिका-१० धातखर्क बस्ने ७० वर्षीय प्रेम नुर्बु शेर्पा आफ्नै घरनजिक गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी भोजपुर, षडानन्द नगरपालिका-१३ गुम्बा टोल बस्ने ६१ वर्षीय फत्ते बहादुर तामाङ आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

