राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

राष्ट्रियसभाको बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो चार बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बस्नेछ ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८-७९ को प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेकानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कार्यसूची –

कार्यसूची -

सम्बन्धित समाचार