मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । बारा, निजगढ नगरपालिका-१२ बुङ्जोर बस्ने ७१ वर्षीया कान्छी माया घलान सोही ठाउँस्थित बुङ्जोर खोलाको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोट डेरा गरी बस्ने रोल्पा रुम्बी नगरपालिका-१ घर भएका ४० वर्षीय गिरीराज बस्नेत आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता दोलखा, कालिन्चोक गाउँपालिका-२ स्थित जंगलको खोल्सामा सोही गाउँपालिका-५ लापिलाङ बस्ने २१ वर्षीय पारस थामी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय संतोष चौधरी सोही उपमहानगरपालिका-१६ हर्दियामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० स्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता मोरङ, सुन्दरहरैचा नगरपालिका-५ सुबेदी डाँडास्थित हसिना खोलाको बाँधको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तेह्रथुम, छथर गाउँपालिका-६ सुदाप बस्ने ५५ वर्षीया माया देबी खड्का बस्नेत सोही गाउँपालिका-५ ओख्रे सिंहदेबी टोलको बाटो छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार