नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएकी नेसांसद डा चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । आज (बिहीबार) बिहान १०:५७ बजे ८६ वर्षीया हरिकलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कीर्तिपुर मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले हरिकलाको उपचारको क्रममा निधन भएको जानकारी दिइन् । बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर विस्फोट भएपछि नेता भण्डारीसहित उनकी आमा घाइते भएका थिए ।
हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको भने सोही अस्पतालमा उपचार भइरहेको र उनलाई थप उपचारको लागि भारत लैजान तयारी भइरहेको छ ।
यो पनि पढ्नुस :

