नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रहेकोमा बुधबार रु १ लाख ३ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु १ लाख ३ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार २८५ कारोबार भएको छ ।बुधबार चाँदी प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।