नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सुनसरी, दुहबी नगरपालिका-४ मालहट्टी क्षेत्रमा मागी खाई हिँड्ने गरेकी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीया महिला बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, चुरे गाउँपालिका-१ आमसेरा बस्ने ४३ वर्षीय भोज बहादुर छेडाल सोही ठाउँ चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै गोरखा, पालुङटार नगरपालिका-३ साउने पानीमा सोही ठाउँस्थित बिच्छेमारा बस्ने ६६ वर्षीय कृष्ण बहादुर परियार आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

