नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

