मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर खल्ला भन्ने स्थानमा रानी जमरा सिँचाइ परियोजनाको नहरमा जम्मा भएको पानीमा सोही ठाउँ बस्ने ६५ वर्षीया दिपा दमाइ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-६ स्थित सुकुना खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुली, हरिहरपुर गढि गाउँपालिका-२ झनझने बजार चौंरी टोलस्थित चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै दाङ, घोराही उपमहानगरपालिका-१० स्थित मानव कल्याण समाज नारायणपुर दाङमा रहेका हाल वतन नखुलेका ७० वर्षीय मिसन पुरुवा आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-५ सयपत्री सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव सडिगली सकेको अवस्थामा शुक्रबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार