प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस नुवाकोटको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस नुवाकोटले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नुवाकोटको खरीनिटार अमरज्योती माविको प्रांगणमा भएको कार्यक्रम पूर्व जिल्ला उपसभापति बिषम रिमालको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा धुर्व अधिकारी र अतिथीहरुमा कृष्ण कुइंकेल, रामकृष्ण थापा, रमा उप्रेती, ऋषि कुमार तामाङ्ग, सुरेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।



नेपाली कांग्रेस नुवाकोटको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

उक्त कार्यक्रमको भेलामा उल्लेखीय रुपमा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथी धुर्व अधिकारीले सभालाई सम्बोधन गर्दै पार्टीले प्रजातन्त्र प्रति अपमान गर्दै आएको र प्रजातन्त्रको लागि जीवन समर्पण गरेका सहिदहरु प्रति पनि नसम्झेकोमा कटाक्ष गरे ।

नेपाली कांग्रेस नुवाकोटको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

त्यस्तै उनले प्रचण्ड सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिँदै गर्दा कांग्रेसले मौन समर्थन जनाएको प्रति खेद व्यक्त गर्दै नेतृत्वले गरेका गलत काम प्रति खबरदारी गर्न सबै कार्यकर्ता तथा नेताहरुलाई दरिलो भएर उभिन पनि अपिल गरे । सभाका सभापति बिषम रिमालले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै सभाको विसर्जन गरे ।

नेपाली कांग्रेस नुवाकोटको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार