जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभाष कार्की रहेका छन् । बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ ।

 

सम्बन्धित समाचार