राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक, राष्ट्रपतिको विषयमा के निर्णय गर्ला ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो १ बजेको लाही बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग गरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ ।



त्यस्तै बैठकमा निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने पनि श्रेष्ठले जानकरी दिए । यस्तै बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने कार्यक्रम छ ।

सम्बन्धित समाचार