राइड सेयरिङ प्लेटफर्म पठाओको लोकप्रियतासँगै जोखिम पनि

नेपालमा राइड सेयरिङ अवधारणा आएको धेरै भएको छैन तर पनि यसको लोकप्रियता निक्कै बढ्दै गएको छ । विशेष गरी संघीय राजधानी काठमाडौंमा यसको प्रयोग बढी भएको पाइन्छ । राइड सेयरिङ प्लेटफर्महरूको उपस्थितिपछि काठमाडौंमा ट्याक्सी चालकहरूको मनोपोली घटेको सेवाग्राहीहरू बताउँछन् ।

राइड सेयरिङ प्लेटफर्महरूमध्ये ‘पठाओ’को लोकप्रियता निक्कै बढी छ । पठाओ यात्री तथा चालक दुबैको बीमा गर्ने पहिलो कम्पनी पनि हो । पठाओले २०७७ पौष ८ गतेदेखि बीमा सुविधा प्रदान गर्न थालेको कम्पनीले जनाएको छ । यात्री र चालक दुबैलाई सामान्य दुर्घटना हुँदा १ लाखसम्म र मृत्यु भएमा १० लाखको बीमा व्यवस्था गरेको पनि कम्पनीले जनाइएको छ ।



तर यस्तो सुविधा लिन पठाओको एप प्रयोग गरी सेवा लिएको हुनुपर्ने छ । पठाओको नाममा दर्ता नभएका वा दर्ता भएर पनि अफलाइनबाट सेवा दिन चाहने चालकहरूले गर्दा जोखिम बढेको कम्पनीको दावी छ । अफलाइन सेवा असुरक्षित हुने, कुनै सामान छुटे पाउन नसकिने, चालकबाट कुनै किसिमको दुव्र्यवहार भयो भने कारर्वाही गर्न नसकिने तथा दुर्घटना भइहाल्यो भने कम्पनी जवाफदेही नहुने भएको हुँदा सबै यात्रीलाई अठाओको एप प्रयोग गरेर मात्र सेवा लिन पठाओका निर्देशक शशांकशमशेर थापाले अनुरोध गरे ।

पठाओ एप प्रयोग गरी सेवा लिने यात्री तथा सेवा दिने चालकहरू दुर्घटनामा पर्दा कम्पनीको तर्फबाट विभिन्न प्रकारका सुविधाहरू उपलब्ध गराउँदै आएको निर्देशक थापाले जानकारी दिए । थापाले ठूला दुर्घटनाहरू धेरै कम हुने गरेको र साना दुर्घटनाहरू अलिक बढी हुने गरेको, दुर्घटनाको सूचना पाउने बित्तिकै आवश्यक सहयोग गर्न कम्पनीमा क्युआरटी विभाग स्थापना गरिएको तथा यात्रीलाई कुनै असुविधा भए त्यसको सूचना लिन वा दिन २४ घण्टा नै कल सेन्टरलाई सजग राख्ने व्यवस्था गरिएकोे पनि जानकारी दिए ।

पठाओ एप प्रयोग गरी सेवा लिने/दिने क्रममा भएका दुर्घटना र दुर्घटना भएपश्चात बीमा सुविधाका लागि दावी/भुक्तान गरिएको अद्यावधिक तथ्याङ्कलाई टेबलमा देखाइएको छ ।

चालकहरू किन अफलाइन सेवा दिन रुचि देखाउँछन् ?
नियमानुसार कम्पनीमा दर्ता भएका बाइक चालकहरूले २० प्रतिशत र ट्याक्सी चालकहरूले १५ प्रतिशत रकम कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । त्यही १५–२० प्रतिशत रकम बचाउने लोभमा चालकहरूले अफलाइन सेवा दिँदा यात्री र चालक दुबै जोखिममा पर्न सक्ने सम्भावना देखिएकोले राइड सेयरिङ प्लेटफर्मको प्रयोग गर्दा यात्रुहरू नै बढी सजग र सचेत भई आधिकारिक एपका माध्यमबाटै सेवा लिनुपर्ने देखिन्छ ।

 

 

 

सम्बन्धित समाचार