प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले पक्षमा मत जाहेर गरेका हुन् ।

मत विभाजन हुँदा प्रधानमन्त्रीका पक्षमा १७२ सांसदले र विपक्षमा ८९ सांसदले मतदान गरे भने १ जना सांसद तटस्थ रहे । मतदान हुँदा प्रतिनिधिसभामा कुल २६२ सांसदको उपस्थिति थियो ।



पुस २६ गते पहिलोपटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए

सम्बन्धित समाचार