नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।
एआइजीको फूली लगाएको दुई दिनमै वसन्तबहादुर कुँवर आइजीपीमा बढुवा भएका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई बद्जुवा गर्ने निर्णय गरेको हो ।
कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्मालेजानकारी दिए । उनलाई यही चैत ६ गतेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह शुक्रबारराति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन् । कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ ।