मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ किराँतचोक बस्ने ४३ वर्षीया सारदा सुनदास आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै ललितपुर, गोदावरी नगरपालिका-१४ लाखेटोल डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, बेसीशहर नगरपालिका-२ गैरीस्थित मर्स्याङदी नदीको किनारमा सोही नगरपालिका-७ मनाङचौतारा बस्ने ४९ वर्षीया तारा देवी गुरुङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीस्थित बाटोमा धनकुटा महालक्ष्मी नगरपालिका-७ घर भएका ४२ वर्षीय सुशील पौडेल आइतबार मृत अवस्थामा फेला परेका छन् । उता म्याग्दी, धवलागिरी गाउँपालिका-६ मराङ बस्ने ४५ वर्षीय सङ बहादुर सुनार सोही
ठाउँस्थित जरी खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता दोलखा, जिरी नगरपालिका-३ माली बस्ने ३८ वर्षीय शाङगे शेर्पा सोही ठाउँस्थित काप्ती जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दैलेख, महाबु गाउँपालिका-५ गडिगाउँ बस्ने ७३ वर्षीया लिलावती चुनारा भैरवी गाउँपालिका-६ कुर्माकोटस्थित भुतेर खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ कोहल बस्ने ७० वर्षीय रन बहादुर रेस्मी आफ्नै घर नजिकै रहेको भल्टेखानी गैरामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार