नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिई केन्द्रविन्दु भएर यही चैत १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

