नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित होस्ना इँट्टाभट्टामा काम गरी बस्ने भारत घर भएका ४५ वर्षीय सम्भु सदय मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवन, इच्छाकामना गाउँपालिका-६ स्थित त्रिशुली नदी किनारम गोरखा नगरपालिका-८ कटेल डाँडा बस्ने ६६ वर्षीय हरि प्रसाद कट्टेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, क्व्होलासोथर गाउँपालिका-५ सिङदी बस्ने ३३ वर्षीय केमन सुब्बा गुरुङ सोही गाउँपालिका-५ हुङ्दी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै पाँचथर, फालेलुङ गाउँपालिका-१ लालीभञ्ज्याङस्थित असिमे जंगलमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पूरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

