यसरी भयो मन्त्रालयको भागवण्डा, कुन दललाई कति ?

सत्ता गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डललाई पूर्णता दिन सक्रिय बनेका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा लगभग टुंग्याएको हो ।

मन्त्रालयको भागवण्डाको सहमति अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले र जसपाले समान २-२ मन्त्रालय पाउने बालुवाटार स्रोतले बताएको छ ।



त्यस्तै बैठकमा जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको छ । स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । त्यस्तै सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पनि कुनै मन्त्रालय छैन ।

गठबन्धनमा मन्त्रालय भागवण्डामा सहमति जुटेकोले भोलि नै मन्त्रिपरिषद् विस्तार गरिने तयारी भएको छ ।

सम्बन्धित समाचार