राष्ट्रपति पौडेल अस्पताल भर्ना, के भएको हो उनलाई ?

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।



‘राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनिबार साँझ अस्पतालमा भर्ना हुनुभएको हो’, उनले भने । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना भएको र उनी हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार