चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

बैठकले चितवन-२ मा रामप्रसाद न्यौपाने र तनहुँ-१ मा सर्वेन्द्र खनाललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।



बारा-२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त निर्वाचन क्षेत्रमा आइतबारसम्ममा उम्मेदवार तय गर्ने बताए ।

उपमहासचिवसमेत रहेका का नेता गुरुङले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले वर्षभरि कार्यक्रम बनाएर मनाउने निर्णय गरेको बताए ।

सम्बन्धित समाचार