मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-२ सेलोगुम्बामा माप्यदुधकोशी गाउँपालिका-२ बस्ने ६० वर्षीय सल बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१ सोमनाथ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ चन्द्रौटा घर भएका ५५ वर्षीय भगवान दास जयसवाल आफ्नै टिनको टहरोभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै ताप्लेजुङ, फुङलिङ नगरपालिका-३ सल्लेरीस्थित सडक छेउमा सोही नगरपालिका-८ देउलिङ्गे बस्ने मुसे भन्ने कुमार बिक आइतबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-२ हाटबजारस्थित टिनको छाप्रोभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार