नवकान्तिपुर संवाददाता
काठमाडौं
१९ चैत । नेपाली कांग्रेसले बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गरेको हो ।
यसअघि बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चितवन-२ मा जीतनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।