नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । भोजपुर, षडानन्द नगरपालिका-१४ सन्तलेडाँडा बस्ने ५२ वर्षीय डम्बर कुमारी जोगी छिमेकीको घरको बलेसीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै ताप्लेजुङ, सिरिजङघा गाउँपालिका-७ खेवाङस्थित काबेली थ्री हाईड्रोपावरमा कार्यरत रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल थापा सोही हाईड्रोपावरस्थित काबेली खोलाको बगरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रुपन्देही, ओमसतिया गाउँपालिका-२ पड्सरीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै नुवाकोट, दुप्चेश्वर गाउँपालिका-२ पाङगर बस्ने ५० वर्षीय दुर्गा तामाङ सोही ठाउँस्थित गाङब्राङ खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता महोत्तरी, पिपरा गाउँपालिका-२ अतराढस्थित शिवाजी पोखरीको डिलमा रहेको घरमा सोही ठाउँ बस्ने २४ वर्षीया उषा देवी मण्डल आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता धादिङ, गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

